मंगलबार , अषोज २७, २०८३

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)मा डा.बन्द्री केसी समूहबाट महासचिब भएका गौरीराज जोशीले अलग्गै संस्था स्थापनामा गर्ने अन्तिम तयारीमा जुटेको बताएका छन् । उनले ‘गैरआवासीय नेपाली व्यावसायी संघ’ दर्ताको अन्तिम तयारीमा रहेको बताए ।

अमेरिका रहेका उनले आइतबार  कुराकानी गर्दै एनआरएनएका अग्रजहरुको गोटी नबन्ने र आफ्नै अस्तित्व निर्माण गर्ने उद्देश्यसहित संस्था दर्ताको अन्तिम तयारी गरिरहेको बताए । ‘हाम्रो उद्देश्य भनेको डायस्पोरामा व्यवसाय गरिरहेका नेपालीहरुलाई एउटै संस्थामा आबद्ध गराउने र नेपालमा लगानी गर्ने नै हो । पहिलो चरणमा हामी अमेरिका, युरोप र अष्ट्रेलियाका नेपालीहरुलाई समेटने छौं । त्यसपछि क्रमशः विस्तार गर्दै लैजाने छौं ।’

सर्वोच्च अदालतको केहिदिन अघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेपछि असन्तुष्ट बनेका जोशीले हालकै परिस्थितिमा एनआरएनएमा आबद्ध भएर काम गर्ने संभावन नरहेको पनि बताए ।

नयाँ संस्थाको सम्पूर्ण तयारी पूरा भएको र केही दिनमै एक समारोहबिच संस्था सार्वजनिक गर्ने बताए । ‘संस्था नेपालमा दर्ता गर्ने छैनौं । विदेशमै दर्ता गछौं । डायस्पोराका नेपाली व्यवसायीहरुलाई संस्थामा आबद्ध गराउँछौ । हक, हित र व्यवसायिक प्रवद्र्धनमा सहयोग गर्छौ । त्यसका अलावा नेपाल सरकारसँगको सहकार्यमा नेपालमा लगानी भित्र्याउन सहयोग गर्छौ,’ उनले भने ।

एनआरएनएभित्र चरम राजनीति हावी भएको, एनआरएनएका अग्रज अभियन्ताहरुले प्रयोग मात्र गर्न खोजेको र गोटी बनाउन खोजेकोप्रति उनले आपत्ति जनाए । एनआरएनए अभियानबाट विदा लिएको बताउँदै जोशीले केही सिमित ब्यक्तिको रिमोटबाट एनआरएन चलाउन खोजेकाले आफू बाहिर बसेको बताए ।

सर्वोच्च अदालतले बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहुकल सुवेदीको इजलासले डा.केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेपछि एनआरएनएभित्र निराशा बढेको छ । इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ ।

एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार मानिएका जोशी सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका थिए । उनी दोस्रो पटक महासचिव बनेका थिए । अमेरिकामा आईटी क्षेत्रमा सफल व्यवसायी जोशीले नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

@Source:ANZKhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP