शनिबार , असार १३, २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जुम्लाको खलंगामा ठूलो सम्मान गरिएको छ । जुम्लाको नागरिक अभिनन्दनमा सहभागी भएका पूर्वराजा आज भने नेपालगञ्ज फर्किएका छन् । जुम्लामा पूर्वराजालाई स्वागत गर्न हजारौंको संख्यामा नागरिकहरुको उपस्थिति थियो ।

पूर्वराजा शाहले आफ्नो देश दौडाहालाई तिव्रता दिएका छन् । यसले राजावादीहरु उत्साही छन् । मधेशमापनि ज्ञानेन्द्रको पक्षमा ठूलो जनलहर देखिएको थियो । जुम्लाको कार्यक्रमपछि राजावादीहरुले अब देशमा नवीन समझदारीको खाँचो औंल्याएका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जुम्लामा सहभागी भएका पूर्वराजाको तस्विर सार्वजनिक गर्दै सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौतामा देशलाई लैजानुपर्ने धारणा राखेका छन् । उनले फेशबुकमा लेखेका छन्–‘जुम्लामा मात्र होइन, देशैभरी यस्तै अवस्था हुँदा पनि अब राजा ज्ञानेन्द्रले उल्लेख गरेजस्तो “सर्वपक्षीय नयाँ सम्मेलन र ३नयाँसम्झौता“मा देशलाई नलैजाने हो भने, बुझे हुन्छ –– यस देशलाई साँच्चिकै दशा लागेको छ। विचारभन्दामाथिदेश, देशकालागिनरेश।’

राप्रपाकी प्रभावशाली महिला नेतृ खुश्बु ओलीले पनि पूर्वराजाको जुम्लाको कार्यक्रमपछि संवैधानिक राजसंस्था र संसदीय प्रजातन्त्रको अब्बल समन्वय आजको आवश्यकता भनेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP