मंगलबार , बैसाख ९, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई नयाँ उद्योगधन्दा खोलेर देखाउन सरकारलाई चुनौति दिएका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले बेला–बेलामा कांग्रेसले उद्योगधन्दा बेचेर खाएको आरोप लगाउने गरेको भन्दै कम्युनिष्टहरुको सरकार रहेको बेलामा नयाँ उद्योग खोलेर देखाउन चुनौति दिएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने,‘एउटा कम्युष्टि पार्टीका नेता, पूर्व प्रधानमन्त्रीले बेला–बेला कांग्रेसले उद्योग धन्दा बेचेर खायो भनिदिनुहुन्छ । अहिले कम्युनिष्ट पार्टीको सरकार छ । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी शर्मा ओली हुनुहुन्छ । अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ । सब कम्युनिष्ट पार्टीको सरकार छ हैन ? कांग्रेसले पटक–पटक उद्योगधन्दा बेचेर खाएको आरोप लगाएको होईन । यसपाली बजेट तपाईहरुले बनाउने हैन ? कांग्रेसले बेचेर खाएको हुनाले तपाईँले खोल्नुस् ।’

कम्युनिष्ट सरकार हुँदा पनि कुनै उद्योगधन्दा नखुल्ने उनको दाबी छ । राज्यको काम चुरोट बनाउने, रक्सी बनाउने, जुत्ता, कपडा बनाउने होईन भन्ने कुरा थाहा पाएर पनि कम्युनिष्ट नेताहरुले कांग्रेसलाई बेलाबेला आरोप लगाउने गरेको उनले बताए । अहिलेमात्रै नभएर पञ्चायतमै सूर्यबहादुर थापाले सरकारले सञ्चालन गरेका उद्योगहरुको औचित्यतामाथि प्रश्न उठाउँदै सेतो हात्तीको संज्ञा दिएको उनले स्मरण गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP