सोमबार , भाद्र १५, २०८३

काठमाडौं । कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । संसदीय बोर्ड बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ ।

आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई सिफारिस गरेको हो । आजै बेलुका बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्काबारे औपचारिक निर्णय गर्नेछ । खड्कालाई उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए ।

महामन्त्री गगन थापा र डा. शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP