सोमबार , भाद्र १५, २०८३

पोखरामा रहेको सूर्यदर्शन सहकारी संस्थाका पीडितले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै आफूहरुको बचत फिर्ता हुने वातावरण मिलाईदिन गुहार मागेका छन् ।

शुक्रबार एमाले स्याङ्जाको जिल्ला अधिवेशन उद्घाटन गर्न पोखरा पुगेका अ‍ोलीसँग सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिले भेटेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बझाउँदै सूर्यदर्शन बचत पीडित संघर्ष समितिले जीबी राईको विषयमा सिंगो राज्य र प्रहरी निकम्मा भएको बताएको छ । पीडितहरुले सहकारीको समस्या समाधान गर्न राज्यबाट ठोस नीति, नियम र ऐन, कानून बनाइ सहकारी पीडितको बचत फिर्ता गर्न लगाई न्याय दिन आग्रह गरेका छन् ।

‘सुर्यदर्शन सहकारी का संचालक जिबि राई भन्ने ब्यक्तिको बिषयमा सिङ्गो राज्य सरकार, प्रहरी प्रसासन निक्ममा बनिरहेको अबस्था छ’ उनीहरुले भनेका छन् ‘होईन भने तपाईको सम्पुर्ण राजनितिक जिबनको अनुभव को आधारमा, तपाईले चलाएका सत्ता र शासनको आधारमा भन्नु पर्दा के हामी पिडीतले न्याय पाउनु पर्ने होईन र ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP