मंगलबार , अषोज २७, २०८३

रहरले हाेस या ईच्छाले या हाेस कुनै बध्यताले,

याे नेपाली शीर उचाली विश्वभरी छाउन थाले,

जमेकै छन रमेकै छन मिलेर मनाउ छन चाड पर्व,

सातै रङले रङ्गीयाे डार्बिन आहा सबले गराै गर्व।।

सातै रङले रङ्गियाे डार्बिन आहा सबले गराै गर्व

हजुर यहि मार्च 30 तारिख शनिवारका दिन बडाे गजबले रङ्गियाे डार्बिन। हुनत फागु पुर्णिामाकाे दिन भन्दा ठ्याक्कै पाँच दिन पछि मात्र समय मिल्याे अष्ट्रेलियाका डार्बिनबासी नेपालीहरलाई हाेलिमा रङ्गिदै रम्दै र झुम्दै हाेलि मनाउने दिन। तर पनि नेपालमा रहँदा पहाडमा एकदिन अघि तराई मधेसमा एकदिन पछि मनाउदै आएका हामी नेपाली डार्बिनमा चार दिन पछि मनायाै त के भाे। जे भाे अति रमाइलो भयाे। डार्बिनबासी नेपालीहरुकाे उल्लेखनीय उपस्थितिमा जिङ्गलीपार्कन‌ै नेपालमय, हाेलीमय बन्याे। लगभग चार पाँचसय नेपाली विद्यार्थी , अभिभावक, प्रवासी नेपाली, स-साना नानीबाबू सबै सबैकाे उपस्थितिले र उनिहरुले एक आपसमा मायाँ प्रेमले गालामा पाेतिएकाे राताे, पहेँलो , हरियाे, बैजनी , गुलाबी रङले सबै नेपालीलाई एउटै ईन्द्रेणीमा बाधेकाे भान हुन्थ्यो भने पार्ककाे हरियो चउर समेत विभिन्न रङले रङ्गिएर राेमान्चित देखिएकाे थियाे।

 

समयले जवानी लुटेपछि आयाै भन्ने गितले भनेझै समय र सन्दर्भ सकिए पछि अथवा लगन बिनाकाे पञ्चे बाजा जस्ताे कतै याे कार्यक्रम असफल हुने त हैन , कतै सहभागिता नै न रहने हाेकी भन्ने जस्ता कुराहरु पनि आयाेजकहरुकाे बिचमा न चलेकाे पनि हैन तर जे हाेस ढिलाे आयाे कडा आयाे भने झै समय पछि सरे पनि चार पाँच दिन ढिलै भए पनि सफलतापुर्बक सम्पन्न गर्न आयाेजक सफल भएकाे छ। साच्चै त्याे दिन जिङलीपार्ककाे माहाेलनै बडाे आकर्षक र राेमान्चित थियाे। काेहि एकातिर डिजेकाे डान्सिङ गितमा झुम्दै थिए भने काेहि एक आपसमा रङ दल्दै हेपि हाेली भन्दै थिए। यता स साना बच्चाहरु पानीकाे चिपलेटी खेलमा चिप्लिदै रमाउदै थिए भने कतिपय सहभागीहरु Yogi’s way काे मिठाे मम र खाजामा मस्त थिए।

काेही “हाे रङ वर्से भिगे चुनरिया,” ” खैके पान बनारसवाला” जस्ता हिन्दी गितमा काेभन्दा काे कम झै नाच्दै थिए भने नेपाली डान्सिङ गितमा समेत रङ्गियाे तिम्रो राताे चाेली भन्दै कम्मर मर्काउदै थिए। अझ यस वर्षको डार्बिनकाे हाेली बिर्सी न सक्ने र ऐतिहासिक रमाईलाे यस मानेमा पनि भयाे कि एक्कासि पानी वर्षिन पुग्याे र हाेलिमा सुनमा सुगन्ध छर्क‌े झै भयाे। त्याे वर्षमा रुझ्दै नाच्दै हाेली मनाउनुकाे जाे मज्जा डार्बिनबासी नेपलीले लिए, सायद यस्ताे मज्जा अन्त कहाँ । जे हाेस कार्यक्रम अत्यन्त साैहाद्रपुर्ण वातावरणमा सम्पन्न भयाे। साेचे भन्दा राम्रो र अपेक्षा गरे भन्दा उत्कृष्ट भएका्े आयाेजक कमिटीकि सदस्य तथा NANT कार्य समिति सदस्य कल्पना पाण्डेय बताउनु हुन्छ।

यसै गरि कार्यक्रम कस्तो रह्यो भन्ने हाम्रो जिज्ञासालाई मेटाउद‌ै उपाध्यक्ष प्रतिभा देवकोटा अत्यन्त खुशी मुडमा भन्नू हुन्छ। कार्यक्रम काे आयाेजना गरेर डार्बिनबासी नेपालीलाई विदेशमा रहेर पनि आफ्नो देशकाे संस्कृती चाडपर्वमा सामेल गराउन जुन पहल NANTका अध्यक्ष आशिष कट्टेल लगायत वहाँकाे टिमले गर्याे याे पहल र याेगदान प्रति पुरा खबर परिवार उच्च सम्मान सहित धन्यवाद ज्ञापन गर्दैछ ।

https://www.facebook.com/darwinnant/posts/pfbid0LvEL6orEz6wTW2tqhpZUq6ihegq69AaxEthN4QctS2EhfbdHRgmERkLxqZKHBiYrl?__cft__[0]=AZXywbV5EXe4nC6m9sPGZjaI-u5sQoOlpMssMCzzYn2SVM9ApdB7tknz-KI7LTb4m_bt_VFQrSpseh2rKYedVqva0C620ab0HAn38vnJGhH4c6Ii5UpBeNEq47xAsOTzuHsGIJ4uJ1mDvxKx6JkrvqL9Z1gHJM7o1_xVZKv1swhrB8sxa7fOiGgJVDaxt1TJpuk&__tn__=%2CO%2CP-R

 

Pic From Acash Photography

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP