मंगलबार , बैसाख ९, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल सहकारी ठगी प्रकरणमा मुछिएका छन् । मन्त्रीद्वयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीहरु हाम्रो नयाँ कृषि सहकारी संस्थाको रकम हिनामिनामा मुछिएका हुन् ।

उक्त सहकारी संस्थाको अधयक्ष सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई हुन् । उक्त सहकारीबाट बचतकर्ताको चार करोड रुपैयाँ हिनामिना भएको बताइएको छ । उक्त सहकारीलाई सहकारी विभागले गत माघ १२ गते समस्याग्रत घोषणा गरेको थियो ।

उक्त सहकारी घोटला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले अनुसन्धान गरिरहेको बताइएको छ ।

रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको घट्ना सेलाउन नपाउँदै अन्य नेता र मन्त्रीहरुको बारेमा पनि प्रश्न उठ्न थालेको हो । सहकारी ठगी प्रकरणमा आजको प्रतिनिधि सभा बैठकमा पनि जोडका साथ आवाज उठेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP