आइतबार , भाद्र १४, २०८३

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल सहकारी ठगी प्रकरणमा मुछिएका छन् । मन्त्रीद्वयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीहरु हाम्रो नयाँ कृषि सहकारी संस्थाको रकम हिनामिनामा मुछिएका हुन् ।

उक्त सहकारी संस्थाको अधयक्ष सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई हुन् । उक्त सहकारीबाट बचतकर्ताको चार करोड रुपैयाँ हिनामिना भएको बताइएको छ । उक्त सहकारीलाई सहकारी विभागले गत माघ १२ गते समस्याग्रत घोषणा गरेको थियो ।

उक्त सहकारी घोटला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले अनुसन्धान गरिरहेको बताइएको छ ।

रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको घट्ना सेलाउन नपाउँदै अन्य नेता र मन्त्रीहरुको बारेमा पनि प्रश्न उठ्न थालेको हो । सहकारी ठगी प्रकरणमा आजको प्रतिनिधि सभा बैठकमा पनि जोडका साथ आवाज उठेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP