मंगलबार , बैसाख २९, २०८३

रौतहटको विभिन्न परीक्षा केन्द्रबाट आज (शुक्रबार) जिल्ला अनुगमन समितिले परीक्षार्थीको साथबाट पाँच सय थान मोबाइल बरामद गरेको छ । परीक्षा हलभित्र मोबाइल लैजान बर्जित गरे पनि परीक्षार्थीहरुले लुकाएर लगेका मोबाइल बरामद गरिएको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० अन्तर्गत जिल्लाका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट अनुगमन समितिले परीक्षार्थीको साथमा रहेको मोबाइल बरामद गरेको हो । एसइईलाई मर्यादित, अनुशासित, शान्तिपूर्ण सम्पन्न गराउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीले बिहान विभिन्न परीक्षा केन्द्रहरु अनुगमन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहितको टोलीले परीक्षार्थीको साथबाट मोबाइल फेला पारेको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जानकारी दिइन्् । ‘नियन्त्रणमा लिइएको मोबाइलहरु परीक्षा समाप्त भएपछि मात्र सम्बन्धित परीक्षार्थीलाई जिम्मा लगाइने छ,’ उनले भनिन्, ‘परीक्षालाई मर्यादित बनाउन हामीले हरसम्भव प्रयास गरिरहेका छौं ।’

परीक्षा केन्द्रको मुख्य गेटमा सुरक्षाकर्मीले जाँच गरी छाड्ने गरे पनि परीक्षार्थीहरुले कुनै न कुनै तरिकाले परीक्षा हलमा लगेको प्रहरीले जनायो । बरामद गरिएका मोबाइल सेटमा सम्बन्धित परीक्षार्थीहरुको नाम लेखेर जिल्ला प्रहरीमा राखिएको छ । परीक्षामा प्रयोग भएका मोबाइलहरु एसईई सकेपछि सम्बन्धित परीक्षा केन्द्रमार्फत फिर्ता गराइने प्रहरीले जनाएको छ । जिल्लामा ३९ वटा परीक्षा केन्द्रहरु छन् । ९,४६९ जनाले एसईई दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP