आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब काम गरेर जनताको भरोसा जित्नुपर्ने बताएका छन् । उनले अहिलेको सत्ता समीकरणले पनि काम गर्न नसके देश अप्ठेरो अवस्थामा जाने टिप्पणी गरेका छन् । आज (मंगलबार) सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्प सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यो समीकरण र यो संकल्पबाट पनि डेलिभरी भएन, जनतामा आशा जगाउन सकिएन, विकास गर्न सकिएन भने देश निकै नै अप्ठेरो अवस्थामा जाने खतरा छ, अहिलेको समीकरण म प्रधानमन्त्री पदमा रहिरहनका लागि नभएर नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यले भएको हो ।’

सो क्रममा उनले कर्मचारीतन्त्रलाई पनि नयाँ ढंगले काम गर्न तयार हुन निर्देशन दिए । उनले भने,‘हिजोको घोषणा र आजको घोषणा, हिजोको परिस्थिति र आजको परिस्थितिमा फरक आएको छ । विकास र समृद्धिको यात्रा प्रारम्भ गर्दैछौं भनेर सेवा प्रवाह गर्नुपर्छ’, उनले भने, ‘फेरि एकचोटी हामीले कामद्वारा, परिणामद्वारा जनताको भरोसा जित्नुछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP