मंगलबार , बैसाख ९, २०८२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब काम गरेर जनताको भरोसा जित्नुपर्ने बताएका छन् । उनले अहिलेको सत्ता समीकरणले पनि काम गर्न नसके देश अप्ठेरो अवस्थामा जाने टिप्पणी गरेका छन् । आज (मंगलबार) सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्प सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यो समीकरण र यो संकल्पबाट पनि डेलिभरी भएन, जनतामा आशा जगाउन सकिएन, विकास गर्न सकिएन भने देश निकै नै अप्ठेरो अवस्थामा जाने खतरा छ, अहिलेको समीकरण म प्रधानमन्त्री पदमा रहिरहनका लागि नभएर नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यले भएको हो ।’

सो क्रममा उनले कर्मचारीतन्त्रलाई पनि नयाँ ढंगले काम गर्न तयार हुन निर्देशन दिए । उनले भने,‘हिजोको घोषणा र आजको घोषणा, हिजोको परिस्थिति र आजको परिस्थितिमा फरक आएको छ । विकास र समृद्धिको यात्रा प्रारम्भ गर्दैछौं भनेर सेवा प्रवाह गर्नुपर्छ’, उनले भने, ‘फेरि एकचोटी हामीले कामद्वारा, परिणामद्वारा जनताको भरोसा जित्नुछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP