मंगलबार , अषोज २७, २०८३

उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराएका लोक सेवा आयोगका शाखा अधिकृत मिमबहादुर शाहीलाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले उनलाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने आदेश गरेको हो ।

शाहीले नेपाल बायुसेवा निगमको परीक्षामा सामेल छोरीको  बस्तुगत उत्तरपुस्तिका सच्याएर पास गराएका थिए । उनले उत्तरपुस्तिकामा  केरमेट गरेका थिए ।छोरीले परीक्षा दिँदा शाखा अधिकृत मिमबहादुर शाही लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखा अन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए ।उनकी छोरीले नेपाल वायुसेवा निगमको सहायक चौथो९खरिदार सरहको० परीक्षा दिएकी थिइन । उनले बस्तुगत प्रश्नका सबै ५० वटा प्रश्नहरु मिलाएकी थिइन ।

उनले बदमासी गरेको थाहा पाएपछि लोकसेवा आयोगले कार्यदल बनाएर उत्तरपुस्तिका परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । घटनामा छोरीको भूमिका नदेखिएको भन्दै लोकसेवाले उनको नाम गोप्य राखेको थियो ।प्रयोगशालाले बस्तुगत उत्तर लेख्ने क्रममा पछि अक्षर थपिएको भनी प्रतिवेदन दिएको थियो । प्रतिवेदन पाएपछि लोकसेवा आयोगले मिमबहादुरकी छोरीको सबै प्रक्रिया रद्द गरेको थियो । यसवारे उजुरी परेपछि अख्तियारले छानबिन गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP