सोमबार , बैसाख २९, २०८२

उत्तरपुस्तिका सच्याएर छोरीलाई पास गराएका लोक सेवा आयोगका शाखा अधिकृत मिमबहादुर शाहीलाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारुको इजलासले उनलाई ६ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने आदेश गरेको हो ।

शाहीले नेपाल बायुसेवा निगमको परीक्षामा सामेल छोरीको  बस्तुगत उत्तरपुस्तिका सच्याएर पास गराएका थिए । उनले उत्तरपुस्तिकामा  केरमेट गरेका थिए ।छोरीले परीक्षा दिँदा शाखा अधिकृत मिमबहादुर शाही लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखा अन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए ।उनकी छोरीले नेपाल वायुसेवा निगमको सहायक चौथो९खरिदार सरहको० परीक्षा दिएकी थिइन । उनले बस्तुगत प्रश्नका सबै ५० वटा प्रश्नहरु मिलाएकी थिइन ।

उनले बदमासी गरेको थाहा पाएपछि लोकसेवा आयोगले कार्यदल बनाएर उत्तरपुस्तिका परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । घटनामा छोरीको भूमिका नदेखिएको भन्दै लोकसेवाले उनको नाम गोप्य राखेको थियो ।प्रयोगशालाले बस्तुगत उत्तर लेख्ने क्रममा पछि अक्षर थपिएको भनी प्रतिवेदन दिएको थियो । प्रतिवेदन पाएपछि लोकसेवा आयोगले मिमबहादुरकी छोरीको सबै प्रक्रिया रद्द गरेको थियो । यसवारे उजुरी परेपछि अख्तियारले छानबिन गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP