आइतबार , बैसाख ७, २०८२
बैतडीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

पञ्चेश्वर बाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस आज दिउँसो १ बजे मेलौली नगरपालिका-७ स्वाखानी पिपलको रुख नजिक दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बस अनियन्त्रित भइ सडकबाट झन्डै चार सय मिटर तल खसेको हो। सडकबाट खसेको बस रूखमा अडिएको अवस्थामा रहेको उनले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका पञ्चेश्वर नगरपालिका-६   रनपोलीका अन्दाजी २८ वर्षीय उमेश भण्डारीको उपचारका केशरपुर प्राथमिक अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा ३९ जना घाइते  भएका छन्। तीमध्ये  २६ जनाको अवस्था गम्भीर रहेको इन्सपेक्टर खत्रीले जानकारी दिए।

उनीहरूलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ। बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेकाले स्थानीय अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर खत्रीले जानकारीले दिए।

बस चालक पञ्चेश्वर-६ रनपोलीका  ३६ वर्षीय  देवसिंह भण्डारीको अवस्था मध्यम छ। दुर्घटनाका घाइतेहरूको विवरण संकलनको काम भइरहेको इन्सपेक्टर खत्रीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP