मंगलबार , अषोज २७, २०८३
बैतडीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

पञ्चेश्वर बाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस आज दिउँसो १ बजे मेलौली नगरपालिका-७ स्वाखानी पिपलको रुख नजिक दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बस अनियन्त्रित भइ सडकबाट झन्डै चार सय मिटर तल खसेको हो। सडकबाट खसेको बस रूखमा अडिएको अवस्थामा रहेको उनले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका पञ्चेश्वर नगरपालिका-६   रनपोलीका अन्दाजी २८ वर्षीय उमेश भण्डारीको उपचारका केशरपुर प्राथमिक अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा ३९ जना घाइते  भएका छन्। तीमध्ये  २६ जनाको अवस्था गम्भीर रहेको इन्सपेक्टर खत्रीले जानकारी दिए।

उनीहरूलाई थप उपचारका लागि डडेलधुरा पठाइएको छ। बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेकाले स्थानीय अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर खत्रीले जानकारीले दिए।

बस चालक पञ्चेश्वर-६ रनपोलीका  ३६ वर्षीय  देवसिंह भण्डारीको अवस्था मध्यम छ। दुर्घटनाका घाइतेहरूको विवरण संकलनको काम भइरहेको इन्सपेक्टर खत्रीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP