शनिबार , भाद्र १३, २०८३

भारतको तमिलनाडुको नामक्कलमा पटाका बनाउने घरमा विस्फोट हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। घटनामा हन्य पाँच जना जलेर गम्भीर घाइते भएका छन्।

नयाँ वर्षको अवसरमा पटाका व्यपारीसमेत रहेका थिल्लईकुमारले घरमा पटाका उत्पादन गरेर भण्डारणसमेत गरेका थिए। शनिबार राति एक्कासि आगलागी हुँदा घरमा थुपारिएको पटाका विस्फोटमा परिणत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

पटाका विस्फोट भएर लागलागी हुँदा व्यापारी थिल्लईकुमारसहित उनका श्रीमती र आमाको समेत मृत्यु भएको हो। एक जना छिमेकीको पनि मृत्यु भएको भारतीय मिडियाले जनाएको छ।

पटाका विस्फोटबाट आसपासका घरमा पनि क्षति पुगेको बताइएको छ। आगलागीको कारण भने नखुलेको स्थानीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP