
बुटवलको अस्पताललाईनमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ग १ ज ६३६७ नम्वरको बलेरो पिकअप जिप अनियन्त्रीत भई पल्टिदा प्युठानको गौमुखी गाउपालिका वडा नं १ का २८ बर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी उक्त घटनामा परि सोही स्थानका २९ बर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन्। घाईते मध्ये शुरेश तामाङको अवस्था गम्भिर रहेको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिव्र गतिमा रहेको जिप सडकको मध्य भागमा रहेको पर्खाल र बार नाघेर बिपरित दिशामा पुगेको थियो।
जिप बिजुलीको पोलमा ठोक्कीएका कारण बिजुलीको भाच्चिएपछि पोलमा रहेको तार भुईमा लत्रेर केही बेरयता सडक अवरुद्ध रहेको छ।