मंगलबार , अषोज २७, २०८३

एक दशकदेखि निर्माणको चर्चा सुरु भएको बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाईजन पेस गरेको छ भने साइटको अन्य काम पनि सुरु गरेको छ ।

ठेक्का पाएको ९ महिनाभित्र डिजाइन पेस गर्ने सम्झौता अनुसार डिजाइन पेस गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माण परियोजनाका प्रमुख एवं इन्जिनियर होमबहादुर एसीले बताउनुभयाे । उहाँले निर्माण कम्पनीले डिजाइन पेससँगै साइटको काम पनि सुरु गरेको जानकारी दिनुभयाे ।

निर्माण क्षेत्र दोभानमा कार्यालय स्थापना, बुटवलको गोलपार्कबाट ११ केभीको विद्युत लैजाने काम, ल्याबका लागि पाल्पाबाट विद्युत् ल्याउने, परियोजनामा आगलागी नियन्त्रण गर्नका पानी ट्यांकी निर्माणगर्ने जस्ता काम धमाधम निर्माण कम्पनीले सुरु गरेको छ ।

परियोजना प्रमुख एसीले उनीहरूले पठाएको डिजाइन अध्ययन गर्दै गरेको र स्वीटजरल्याण्डबाट पनि सुरुङमार्ग सम्बन्धी प्राविधिकहरू आएर अध्ययन गरेपछि पास हुने बताए । उनले भने, ‘अब एकदेखि डेढ महिनामा डिजाइन पास भएपछि निर्माणको काम सुरु हुन्छ । विदेशीहरु यही हप्ताभित्र आउने छन् ।’

निर्माण व्यवसायीतर्फका इन्जिनियर क्षितिज खनालले विभागले डिजाइन हेर्ने काम गरिरहँदा आफूहरूले अन्य साइटको कामलाई तीब्रता दिएको बताए । उनले आफूहरूले पेस गरेको डिजाईजन पास भएपछि छिटै अन्य भौतिक काम अगाडि बढाउने बताउनुभयाे । त्यो बेलासम्म अन्य कामहरूलाई आफूहरूले तीब्रता दिएको उहाँको भनाइ छ ।

२०२८ सालदेखि सवारी साधनको आवागमन हुन थालेको बुटवल–पाल्पा सडकको शिद्धबाबामा माथिबाट खस्ने पहिरोले बर्सेनि ठुला दुर्घटना निम्त्याउने गरेको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा सडक खण्डमा पछिल्लो दशकमा ५० भन्दा बढी यात्रुले अकालमा ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीका अनुसार हरेक वर्ष यही खण्डमा ३–४ जना यात्रुले ज्यान गुमाउनु परेको छ । घाइते हुनेको संख्या पनि उल्लेख्य रहने गरेको छ ।

यो सडकमा अहिले दैनिक २ हजार ५०० हाराहारीमा सवारी साधन गुड्छन् । यो सडकखण्ड हुँदै सवारी साधन पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत गर्छन् । करिब ३.५ किलोमिटर क्षेत्रमा पहिरोको त्रास रहने गर्दछ ।

पहिरोमा परेर अकालमै ज्यान जान थालेपछि सिद्धबाबामा सुरुङमार्गको आवश्यकता महसुससँगै सुरुङ मार्ग निर्माणका लागि ‘ग्लोबल टेन्डर’ भएसँगै डिजाइनको काम सकिएपछि निर्माण कार्य सुरु भएको हो ।

यो परियोजनाको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरिसकेको छ । सुरुङको लम्बाई १ किलोमिटर १२६ मिटर रहने छ । सिद्धबाबामा पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल नभएपछि अन्ततः सुरुङमार्गको काम अगाडि बढाएको प्राविधिकहरू बताउँछन् ।

स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो । सुरुङ मार्ग ५ वर्षभित्र बन्ने छ ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विष्णु पौडेलले शिद्धबाबा सुरुङ मार्ग निर्माणको प्रतिबद्धता पटकपटक जनाउँदै आएका थिए । हाल अर्थमन्त्री नियुक्त भएका उनले निर्माणका लागि बजेट अभाव हुन नदिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP