शनिबार , भाद्र १३, २०८३

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब भेटघाट, फूलमाला, खादा,गम्छाको  शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नुपर्ने बेला आएको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्,’ अब भेटघाट, फूलमाला, खादा,गम्छाको  शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नुपर्ने बेला आएको छ। हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक  समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन्।’

यसका साथै आफूले इमानदारिता कहिल्यै नगुमाउने प्रतीज्ञा समेत गरेका छन्।

‘बाल्यकालदेखि  आजसम्म मैले  आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो। सम्पूर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरूका लागि यहीँबाट धन्यवाद टक्र्याएको छु,’ उनले भनेका छन्।

उनले यदि आफूहरूको काम चित्त नबुझे खबरदारी गर्न समेत आग्रह गरेका छन्।

‘हामी हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं। हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ  दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद् यात्राहरू सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला’, उनले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP