बुधबार , असार २४, २०८३

कोभिड संक्रमणसंगै आर्थिक मन्दिका कारण खस्किएको पर्यटन व्यवसाय उकास्न रुपन्देहीका पर्यटन ब्यवसायीहरु सडक खाना महोत्सवमा जोड दिईरहेका छन् । सडकमै खाऔ, सडकमै रमाऔ, नाचौ, गाऔ नारासहित पर्वका रुपमा सडक महोत्सव गर्ने प्रचलन चलाएका छन् ।

बाह्य देशहरुमा जस्तै सडक खानाको महत्व बुझाउने गरी स्वदेशमा खाना महोत्सव आयोजना हुन लागेको पर्यटनविज्ञ युवराज कंडेल बताउँछन् । ‘पर्यटनलाई माथि उकास्न यसले मद्यत मिल्ने देखिन्छ ।’– उनले भने । आयोजकहरुले आफनो लक्ष्य अनुसारकै स्थानीय खानाका परिकार उपलब्ध हुने गरी ब्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।

नेपालीहरुको मौलिक खानाका धेरै परिकारहरु भएको दाबी गर्दै उनले खाना महोत्सवमा यिनै परिकारहरु राख्नुपर्ने बताए । विशेष गरी आयोजक पायक पर्ने स्थान छनौट, खानामा विविधिकरण, पर्यटकलाई जोड दिनुपर्ने उनको सुझाव छ ।

अँग्रेजी नयाँ वर्षको स्वागतमा रुपन्देहीको बुटवल, भैरहवा, लुम्बिनीसहित धेरै स्थानमा फुड फेस्टिभल (सडक खाना महोत्सव) हुन गैरहेको छ । होटल व्यवसायी संघ रुपन्देहीले पुस १५, १६ र १७ गते फेस्टिभल गर्न लागेको हो । पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई समेत ल्याउने गरी कार्यक्रम गर्न लागेको संघका अध्यक्ष रामप्रसाद गौतमले बताए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले २०७५ सालमा पहिलोपटक र २०७६ सालमा दोस्रोपटक बुटवलमा सडक खाना महोत्सव आयोजना गरेको थियो । स्थलको अभाव र कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव गर्न नसकेको उनले दुःखेसो गरे । आन्तरिक पर्यटन प्रवद्र्धनमा सडक खाना महोत्सव महत्वपूर्ण पाटोको रुपमा रहेको उनले बताए । बुटवलको नया बसपार्कदेखि तीनकुनेसम्मको कालिकापथमा सडक खाना महोत्सव हुने उनले बताए । महोत्सवमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एक सय वटा स्टल फुड फेस्टिभलमा रहने छन् ।

संघका अध्यक्ष गौतमका अनुसार महोत्सवबारे आवश्यक तयारी पुरा भएको बताए । हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाइ यसपटक अझै ब्यवस्थित र उत्कृष्ट बनाउने योजनासहित अघि बढेको उनले बताए । खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा सँस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालले बताए । करिब २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको महोत्सवमा १ करोडको कारोबार हुने उनले दाबी गरे । महोत्सवमा प्रवेश निःशुल्क ब्यवस्था गरिएको छ ।

बुद्धजन्मस्थल लुम्बिनीमा पुस १६ गते नवौ सडक खाना तथा सांस्कृतिक महोत्सव हँुदैछ । लुम्बिनी होटल सघ नेपालको आयोजनामा अँङ्ग्रेजी नयाँ वर्षको अवसर पारी लुम्बिनीमा सडक खाना महोत्सव हुन लागेको हो । संघका अध्यक्ष गोविन्द ज्ञवालीले महोत्सवमा स्थानीय खानपिनका परिकारका साथै लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, कम्बोडिया, म्यानमार, श्रीलङ्का लगायत देशका खानाका परिकार पनि रहने बताए । स्थानीय थारु, मुस्लिम, पश्चिमी तराईका ब्राह्मण समुदायका साथै पाल्पाको झिनिया रोटी, बटुक, हासको छोइला, चुकौनी, इम्रितीलगायतका खानेकुरा सडक खाना महोत्सवको आकर्षण रहने उनले बताए । महोत्सवमा नौमती पञ्चेबाजा, विरहा, थारु झुमराका साथै आधुनिक पप÷डिजे गीत–सङ्गीतको रमाइलो व्यवस्था गरिएको उनले बताए ।

महोत्सव आयोजनामा पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय रुपन्देही, लुम्बिनी विकास कोष, लुम्बिनी पर्यटन विकास परिषद्, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ रुपन्देही लगायतका संघसंस्था र निकायहरुको सहयोग रहेको उनले बताए । लुम्बिनीका होटलहरुमा आवासमा ३० प्रतिशत छुटमा उपलब्ध गराउने संघमा वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP