मंगलबार , अषोज २७, २०८३

बैशाख ३० गते इटहरी उपमहानगरपालिका १६ बाट १५ वर्षीया वालिका एकाएक बेपत्ता भइन । नातामा ठुलोबुवा पर्नेसंग कोशीमा पुजा गर्न भनी गएकी १५ वर्षीया चौधरी थरकी बालिका अन्तत हराएको १ महिना पछि भारतको एक पसलमा भेटिन पुगीन । माइती नेपाल सुनसरी र नेपाल प्रहरीको सहयोगमा उनलाइ सकुशल उद्धार गरी घर ल्याइएको थियो ।

त्यस्तै गत साउनमा आफन्तकहा जान्छु भनेर हिडेकि सुनसरी लौकहीकी १६ वर्षीय बालीका ३ दिन सम्म पनि घर नफर्किएपछि प्रहरी र माइति नेपालमा खोजीकालागि परिवारले उजुरी दिए । उजुरी पछि खोजीलाइ तिब्र बनाउदै गर्दा हराएको २३ दिन पछि उनलाइ पनि भारतबाटै सकुशल उद्धार गरी ल्याइएको थियो ।

माइती नेपाल पुनःस्थापना तथा परामर्स केन्द्र सुनसरीमा मात्रै गएको एक वर्षको अवधीमा सुनसरीको बिभिन्न स्थानियतहहरूबाट २९ जना बालिका तथा किशोरी हराएको निवेदन परेको छ । जसमा ९ जनालाइ भारतको बिभिन्न क्षेत्रबाट सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।गएकाे २०७८ मंसिर देखि २०७९ मंसिर सम्म माइती नेपालमा २९ जना किशाेरी तथा बालिका हराएकाे उजुरी परेकाे छ जसमा ९ जनालाइ भारतकाे बिभिन्न बजारहरूबाट सकुशल उद्धार गरी परिवारकाे जिम्मा लगाइएकाे छ ।

२० जना कहा छन कुन अवस्थामा छन अत्तो पत्तो लागेको छैन तर पनि खोजी कार्य भने जारी रहेको संस्थाले जनाएको छ । आफ्नो छोरी तथा नातीनी हराएको भनी निवेदन आएपछि मात्रै माइति नेपालले खोजी सुरू गर्ने गरेको छ जसमा नेपाल प्रहरीसंग समन्वय गर्दै भारत सम्म पुगेर खोजी कार्य गर्ने गरेको माइति नेपाल सुनसरीकी कार्यक्रा सञ्योजक सुनीता कार्कीले बताउनुभयो ।

गएको ५ वर्ष भित्र माइति नेपाल सुनसरीले ३०० भन्दा बढी महिलाहरूलाइ भारतको बिभिन्न कोठिहरूबाट उद्धार गरी सिपमुलक तालिमहरू प्रदान गर्दै समाजमा पुनःस्थापित गराएको संस्थाले जनाएको छ । बिशेष गरी बढदो अशिक्षा , गरिबी र परिवारकै संलग्नताले नेपाली चेलीहरू सजिलै भारतका बजारहरूमा पुग्ने गरेको माइती नेपाल पुनःस्थापना तथा परामर्स केन्द्र सुनसरीकी कार्यक्रम संयोजक सुनीता कार्कीले बताउनुभयो । ग्रामिण भेगमा यो बिकृती अझै पनि कायमै छ ।

रोजगारीको बहानामा नेपाली चेलीहरू खुल्ला सिमा हुदै भारतको बम्बइ , कलकत्ता , दिल्ली सम्म पुग्ने गरेका छन कार्कीले भन्नुभयो । गएको ७८ सालमा मात्रै माइती नेपालले ९२ जना भन्दा बढी बालीका तथा किशोरीहरूलाइ भारतकै बिभिन्न क्षेत्रबाट उद्धार गरी परिवारको जिम्मा लगाएको कार्कीले बताउनुभयो । सिमामा जतीसुकै कडाइ गरेपनि नेपाली चेलीहरूलाइ बिभिन्न बहाना बनाएर दिल्ली सम्म पुर्याउने गरेको कार्की बताउनुहुन्छ ।

बढदो चेलीबेटी बेचबिखन बिरूद्ध खुल्ला सिमा नाकाहरूमा माइति नेपाल र नेपाल प्रहरी लगायत बिभिन्न संस्थाहरूले जनचेतनामुलक कार्यक्रमहरू गर्दै आएको छ भने काकडभित्ता , जोगवनी लगायतका नाकाहरूमा उत्तीकै कडाइ गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP