आइतबार , बैसाख ७, २०८२

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी सुरु गर्नुपर्ने बताएका छन् । मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुको सट्टा मेट्रो रेल सञ्चालन अबको आवश्यकता रहेको उनले बताए ।

शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा महर्जनले उपत्यकामा मेट्रोको विकल्प नरहेको भनाइ राखेका हुन् । ‘मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्नु पनि भएन,’ उनले भने । अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै उनले यसमा ढिलाइ गर्न नहुने बताए । सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै उनले काठमाडौं र ललितपुर महानगरपालिका लगायत उपत्यकाका १८ वटै पालिकाको भूमिका यसमा हुनुपर्नेमा जोड दिए ।

मेट्रो रेल सञ्चालनका लागि विशेषगरी काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका रहनुपर्ने उनको भनाइ थियो । ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन । मेट्रो चलाउनैपर्छ । आज निर्णय गर्न सक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ,’ उनले भने, ‘अबको १५ वर्षपछि काठमाडौं उपत्यकाभित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ? यसको निमित्त हामीले मेट्रो नल्याईकन सुखै छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP