मंगलबार , अषोज २७, २०८३

सुर्खेत / भेरी नगरपालिका-३ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा पठनपाठन बन्दा गरेर महोत्सव लगाएको छ ।  जाजरकोट उद्योग वाणिज्य संघले सोमबारदेखि १७ पुससम्म मेला आयोजना गरेको हो ।

तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरका ०३५ सालदेखि आयोजना गरिने उत्सव केही वर्षयता महोत्सवका रूपमा परिणत हुँदै आएको छ । विद्यालय हाताभित्र शैक्षिकबाहेक अन्य कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न नपाइने भए पनि यस विपरित पढाइ रोकेर मेला आयोजना गरिएको छ ।

विद्यालयमा बर्सेनी यसरी नै मेला आयोजना हुने गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र आयोजना हुने यस प्रकारका मेला–महोत्सव गर्नसम्बन्धित स्थानीय सरकारबाट लिखित अनुमति लिनुपर्ने व्यवस्था छ । तर, यहाँ त विद्यालयलाई नै नसोधेर कार्यक्रम भइरहेको पाइएको छ ।

‘कृषि, पर्यटन, कला, वातावरण तथा औद्योगिक व्यापार मेला–०७९’ नाम दिइएको यो महोत्सव आयोजना गर्न भेरी नगरपालिकाले अनुमति नदिएको नगर कार्यपालिकाका शाखा अधिकृत दलबहादुर घर्तीले बताए । विद्यालयमा यसरी महोत्सव लगाउन नदिने भनेर नगरपालिकाले एक वर्षअघि नै निर्णय गरेको दाबी गर्दै अधिकृत घर्तीले अनुमतिबिना कार्यक्रम हुन लागेको बताए ।

विद्यालयले अघिपछि हुने पर्व बिदा कटाएर पठनपाठनको क्षतिपूर्ति गर्ने प्रबन्ध मिलाएको बताउँदै प्रधानाध्यापक भक्तबहादुर मल्लले  बताए । तर मेला, महोत्सवका विषयमा आफ्नो गम्भीर असहमति रहेको बताए । महोत्सवका बेला हुने कुनै पनि भौतिक क्षति आयोजकले व्यहोर्ने भनेर विद्यालयसँग ६ बुँदे सहमति भएको विद्यालय प्रशासनले जनाएको छ ।

आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीले सदरमुकाम क्षेत्रमा मेला–महोत्सव गर्नका लागि ठाउँ नै नभएकाले विद्यालयमा आयोजना गर्नु आफूहरूको बाध्यता भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP