मंगलबार , अषोज २७, २०८३

मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ २८ पैसा थियो भने बिक्रीदर १३२ रूपैयाँ ८८ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसा घटेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ १७ पैसा र बिक्रीमा १४० रुपैयाँ ८१ पैसा पाइन्छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७४ पैसा घटेको हो।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ १३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ७० पैसा र बिक्रीमा ८९ रुपैयाँ १० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ८ पैसा र बिक्रीदर ३५ रुपैयाँ २४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ८२ पैसा र बिक्रीमा २९ रुपैयाँ ९५ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५९ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ५५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ५८ पैसा तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP