आइतबार , बैसाख ७, २०८२

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापन अनुसार उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस छ।

मौसमविद्‍ राजु प्रधानांगका अनुसार आज हिजो मंगलबार साँझ ५.४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।

हाल देशको प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको कारण प्रदेश १ को हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु-कुहिरो लागिरहेको प्रधानाङ्गले बताए। उनका अनुसार मध्यान्न पछि मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ।

चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP