मंगलबार , बैसाख २९, २०८३

नेपाल टी-२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार तेस्रो खेलमा जित निकालेको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा दक्षिण अफ्रिकन क्रिकेटर स्याड्ली भान स्कालवेकले अन्तिम बलमा छक्का हिर्काएपछि लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले हरायो।

पोखराले दएको १३४ रनको लक्ष्य लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर पार गर्‍यो।

अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ८ रन चाहिएको थियो। पोखराका प्रतिश जिसीले पहिलो बलमा लुम्बिनीका अनिल साहलाई आउट गरे।

पाँचौ बलसम्ममा लुम्बिनीले तीन रन मात्र जोड्न सक्यो। जसका कारण लुम्बिनीलाई अन्तिम बलमा जितका लागि ५ रन चाहिएको थियो। जसमा स्याड्लीले अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमान्चक जित दिलाए।

स्याड्लीले ११ बलमा ४ छक्का हिर्काउँदै नटआउट ३१ रन जोडे। त्यसअघि कुशल भुर्तेलले ३९ रनको योगदान गरे।

बलिङमा पोखराका विपिन खत्री र कुशल मल्लले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ९ विकेटको क्षतिमा १३३ रन जोड्यो।

पोखराका लगि कुशल मल्लले ६१ रन र उपुल थारांगाले ४२ रन जोडे।

बलिङमा लुम्बिनीका स्याड्लीले ३ विकेट लिँदा किशोर महतो र गुल्शन झाले २-२ विकेट हात पारे।

जारी लिगमा लुम्बिनी ६ अंक जोड्दै शीर्ष स्थानमा छ। पोखरा भने तीनै खेलमा पराजय भोग्दै पुछारमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP