शुक्रबार , असार १२, २०८३

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले तयारी थालेका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पहिलो दल नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्रले दाबी प्रस्तुत गर्दै आएका छन् । यद्पी दलहरुबीच हुने भागबन्डाले मात्रै प्रदेश मुख्यमन्त्रीको टुंगो लाग्ने छ ।

एमालेका पोलिटब्युरो सदस्य लिला गिरीको एमालेको नेतृत्व दाबी स्वभाविक भएको तर्क छ भने माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराले पनि माओवादी केन्द्रको मुख्यमन्त्रीमा दावी रहेको वताउनुहुन्छ । नेकपा एमालेबाट मुख्यमन्त्रीमा लीला गिरी, भोजप्रसाद श्रेष्ठ, चेतनारायण आचार्य र भूमिश्वर ढकालको दाबी छ । माओवादीबाट मुख्यमन्त्रीका सशक्त दाबेदार प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि रोल्पाका जोखबहादुर महरा दलको नेता हुने निश्चित जस्तै छ ।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९ सिट जितेको छ भने माओवादी केन्द्रले ९ सिट जितेको छ । ८७ जना प्रदेश सभा सदस्य रहेको यो प्रदेशमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । नयाँ बनेको केन्द्रको गठबन्धन अनुसार गठबन्धन दलका सांसदहरूको संख्या ५२ छ । गठबन्धनकादलहरु राप्रपाको ४, नागरिक उन्मुक्तिको ४, जनमतको ३ र जसपाको ३ सिट रहेको छ ।

यस्तै माओवादीबाटै विद्रोह गरेर जितेका तीन जना (रुकुम पूर्व–१ का सुरुल पुन, रोल्पा–२ का दीपेन्द्रकुमार पुन र नवलपरासी–२(२) का खड्क बस्नेत) ले पनि गठबन्धनलाई समर्थन गर्दा ५५ जना सांसद पुग्नेछन् । नेपाली कांग्रेसका २७, लोसपाका तीन, नेकपा एसका एक र जनमोर्चाका एक गरी ३२ सांसद मात्र रहेकाले स्वतन्त्र सांसदले समर्थन नगरे पनि यहाँ कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP