मंगलबार , बैसाख २९, २०८३

केन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्तागठबन्धन बनेसँगै अब सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिएको छ।

प्रदेश १ : प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन्। सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सिट प्राप्त गरेको छ। एमालेसँगै तालमेल गरेको राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सिट प्राप्त गरेको छ। एमाले र राप्रपा मिल्दा जम्मा ४६ सांसद मात्र हुन्छन्। ४७ सांसदको समर्थन आवश्यक पर्ने यो प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपा मिल्दा ६० पुग्छ। यी चार दलले प्रदेश १ मा सहज सरकार बनाउने देखिन्छ।

मधेस प्रदेश : १ सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छन्। प्रदेशसभामा २३ सांसदसहित एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ भने २२ सांसद रहेको कांग्रेस दोस्रो स्थानमा छ। जसपा १६, जनमत पार्टी १३ लोसपाका ९, माओवादी केन्द्रसँग ८ एकीकृत समाजवादीसँग ७ सांसद छन्। मधेस प्रदेशसभामा ६ जना स्वतन्त्र सांसद छन् भने राप्रपाका २, संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक–एक सांसद पाएका छन्।

बागमती प्रदेश : बागमती प्रदेशमा नयाँ गठबन्धनको बहुमत हुन्छ। १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ। यहाँ कांग्रेससँग ३७, एमालेसँग २७, माओवादी केन्द्रसँग २१, राप्रपा १३ र एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टी २ सिट छ। नयाँ गठबन्धनको एमालेसँग २७, माओवादी केन्द्र २१, राप्रपासँग १३ गरी ६१ हुन्छ।

गण्डकी प्रदेश : गण्डकी प्रदेशमा पहिलो दलका रूपमा कांग्रेसका २७ सांसद छन् भने एमालेसँग २२, माओवादी केन्द्रसँग ८ सांसद छन्। राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन्। ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यकता हुन्छ।

लुम्बिनी प्रदेश : लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यकता पर्छ। लुम्बनी प्रदेशमा एमाले ठूला दल छ। यहाँ एमाले २९, कांग्रेस २७, माओवादी ९, राप्रपा ४, जसपा ३, लोसपा ३, नागरिक ४, जनमत ३, स्वतन्त्र ३, नेकपा एकीकृत समाजवादी १, जनमोर्चा १ रहेको छ। नयाँ समीकरणअनुसार एमाले २९, माओवादी ९, राप्रपा ४, जसपा ३, नाउपा ४, जनमत ३ गरी ५२ पुग्छ। यो नयाँ सरकारका लागि सहज बहुमत हो।

कर्णाली प्रदेश : कर्णाली प्रदेश ४० सदस्यीय छ। नयाँ गठबन्धनसँग सुविधाजनक बहुमत हुन्छ। यहाँ कांग्रेस १४, माओवादी केन्द्र १३, एमाले १०, समाजवादी र राप्रपाले एक–एक सिट जितेका छन्। यहाँ एमाले र माओवादी केन्द्र मिल्दा नै बहुमत पुग्छ।

सुदूरपश्चिम प्रदेश : ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नयाँ समीकरणले नयाँ सरकार सहज बन्ने देखिन्छ। सरकार गठनका लागि २७ सांसद चाहिनेमा कांग्रेसका १९, माओवादीका ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्रबाट १ सांसद छन्। यहाँ नयाँ समीकरणअनुसार माओवादी केन्द्र ११, एमाले १०, नाउपा ७, राप्रपा १ गरी २९ हुन्छ। नयाँ सरकार बन्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP