मंगलबार , बैसाख २९, २०८३

रुपन्देहीको सियारी गाउँपालिकामा चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
सियारी गाउँपालिका ४ दयानगरस्थित पव्लिक माविको खेल मैदानमा शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता शुरु भएको हो ।
महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री खांनले सियारीलाई शैक्षिक हवको रुपमा बिकास गर्दै जानुका साथै गुणस्तरीय शिक्षामा जोड दिनु पर्नेमा जोड दिए ।
उनले शैक्षिक महोत्सवले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा महत्वपुर्ण भुमिका निर्वाह गरेको उल्लेख गर्दै बिद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथसाथै खेल क्षेत्रमा पनि उत्तिकै अब्बल बनाउनु पर्नेमा जोड दिए ।
महोत्सवमा पालिकाभित्रका ४० बिद्यालयका १ सय २ खेलाडिले बिभिन्न बिधाका खेलमा भाग लिएका छन् ।
सियारी भित्र २५ सामुदायिक, १२ संस्थागत र ३ धार्मिक बिद्यालयमा १२ हजार बढी बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
महोत्सवको उद्घाटन समारोहमा बिद्यार्थीहरुले बिभिन्न भेषभुषामा सजिएर मार्चपास गरेका थिए भने बिभिन्न सास्कृतिक प्रस्तुती समेत प्रर्दशन गरेका थिए । महोत्सवमा बिदार्थीहरुले तयार गरेका शैक्षिक तथा बिज्ञान प्रर्दशनी गरिएको छ ।

सियारी गाउँपालिकाको आयोजनामा भएको शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिताले बिद्यार्थीहरुको बौद्यिक तथा शारिरिक क्षमता बृद्धि गर्ने तथा उनीहरुको प्रतिभा प्रस्फुटन ठुलो सहयोग गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।
शैक्षिक महोत्सवमा बौद्यिक तथा शारिरिक खेलकुदका कार्यक्रम समावेश गरिएको शिक्षा शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।
महोत्सवमा गणित दौड प्रतियोगिता, नेपाली वाचन, अग्रेजी वाचन, वक्तृत्वकला, चम्चा दौड प्रतियोगिता, हस्तलेखन, चित्रकला प्रतियोगिता, दौड, हिज्जे, हाई जम्प, लंग जम्प, भलिवल, कवड्डी लगाएतका खेल कार्यक्रम रहेको पौडेलले जानकारी दिए ।
सियारी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेको स्वागतमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा तालिम केन्द्र प्रमुख टिकाराम अर्याल, पब्लिक माविका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रम पव्लिक मावि, जनता मावि र सियारी गाउँपालिकामा हुने छन् । १४ गतेसम्म चल्ने कार्यक्रममा बौद्यिक कार्यक्रम पव्लिक माविमा तथा शारिरिक कार्यक्रम जनता माविमा हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP