शनिबार , भाद्र १३, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवासमा जारी भेटवार्तामा सरकार निर्माणबारे छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनु भयो। छलफलमा माओवादीबाट प्रचण्ड मात्रै सहभागी हुनुहुन्छ ।

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय सकिँनै लाग्दा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शक्ति बाँडफाँडका विषय टुंग्याउन छलफलमा जुट्नुभएको हो । बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सत्ता गठबन्धनका ती शीर्ष नेताबीच छलफल भएको थियो । उहाँहरुबीचको छलफल आगामी सरकार निर्माणलगायत शक्ति बाँडफाँडमा केन्द्रित थियो ।
आगामी सरकारमा कांग्रेसले सरकारको नेतृत्व र राष्ट्रपतिमा दावी गरिरहेको छ भने माओवादीले पनि पहिलो सरकारको नेतृत्वमा दावी गरिरहेको छ ।

सरकारको नेतृत्वसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा प्रदेश सरकारहरूको नेतृत्व बाँडफाँडसमेत शीर्ष नेताको छलफलका एजेन्डा रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा घर्किन लागिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP