बुधबार , बैसाख १७, २०८२

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको मात्र ग्रेड बृद्धि परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिनु पर्ने बताएको हो ।

२०७९ को वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पूरक (ग्रेडबृद्धि) परीक्षामा सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने कार्यालयले प्रष्ट पारेको हो । सोही आधारमा फारम भराउन आग्रह गरेको छ ।

मंसिरमा प्रकाशित २०७९ सालको एसईई परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भराउने विषयमा केही जिल्लाबाट अन्यौलता देखिएको थियो । पूरक परीक्षा दिनुपर्ने परीक्षार्थीको हकमा परीक्षा आवेदन फारामको सूचनाले उनीहरू द्विविधा परेपछि कार्यालयले एसईईमा सी प्लस ल्याउन नसकेका विद्यार्थीलाई सोही विषयको मात्र ग्रेड बृद्धिका लागि परीक्षा फाराम भराउन आग्रह गरेको हो ।

२०७९ सालको एसईई परीक्षामा समावेश हुने विद्यार्थीका लागि आवेदन फाराम खुलेको छ । यही पुस १० गतेभित्र फाराम भरिसक्नु पर्नेछ । यो वर्षको एसईई परीक्षा चैतको दोस्रो हप्तादेखि गर्ने कार्यतालिका बोर्डको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP