सोमबार , बैसाख ८, २०८२

चितवनको नारायणगढ-गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको छ।

सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन थालिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ। यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए।

ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने उनले बताए।

३५ दिनको सूचना जारी गर्दा पनि नभत्काएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको पौडेलले बताए।

६ लेन सडकको निर्माण २ वर्ष अघि सुरु भएको हो।

आगामी फागुनसम्ममा निर्माण सक्नुपर्ने भएपनि अहिलेसम्म ५८ प्रतिशतमात्रै काम सकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP