मंगलबार , बैसाख २९, २०८३

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र माओवादी केन्द्रका रामकुमार राईले आज प्रतिनिधिसभा सदस्यको शपथ लिँदैछन्।

बिहीबार सपथग्रहण गर्न छुटेका उनीहरूले शुक्रबार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणासमक्ष शपथ लिन लागेका हुन्।

यादव नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर सर्लाही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् भने राई खोटाङबाट निर्वाचित माओवादी केन्द्रका सांसद हुन्।

संसद सचिवालयका अनुसार उपत्यका बाहिर रहेका यादव र राई दुवै मौसम प्रतिकूलताका कारण हवाइ उडान ढिलो हुँदा बिहिबारको सपथग्रहण समारोहमा सहभागी हुन नसकेका हुन्।

बिहीबार प्रतिनिधिसभाका २७५ मध्ये ४ सदस्य सपथग्रहण गरेका थिएनन्।

नेकपा (एकीकृत समाजवादी) का प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई पनि सपथग्रहण समारोहमा छुटेका थिए।

आले पारिवारिक शोकमा छन् भने राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन्।

उनीहरूले आफ्नो अनुकूलतामा सपथ लिने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP