शनिबार , भाद्र १३, २०८३

बिहीबार बिहानैदेखिको बाक्लो कुहिरोका कारण भैरहवा-काठमाडाैं रुटका सम्पूर्ण हवाई उडान रद्द भएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुवास झाले बाक्लो कुहिरोले ढाकेका कारण बिहीबार सम्पूर्ण हवाई उडान रद्द भएको बताए । ‘बिहीबारलाई हवाई उडान हुन सक्ने सम्भावना कम छ’ झाले भने, ‘साँझ भएपछि हुस्सु झन बाक्लिँदै जान थालेको छ ।’

उनका अनुसार भैरहवा–काठमाडौं बीच दैनिक २१ वटा आन्तरिक उडान र एउटा अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । आन्तरिक उडानका लागि दैनिक सरदर १ हजार यात्रु भैरहवा आउने र भैरहवाबाट प्रस्थान गर्ने गर्छन् । हुस्सु र कुहिरोका कारण जजिराको कुवेतबाट भैरहवाका लागि बुधबार राति २ बजे हुनु पर्ने अन्तर्राष्ट्रिय उडान पनि हुन सकेन ।

हवाई उडान संचालनका लागि सामान्यतया १ हजार ५ सय मिटर भिजिविलिटी (आँखाले देख्न सकिने दूरी) आवश्यक पर्छ । बिहीबार भैरहवामा ३ सय मिटर मात्र भिजिविलिटी थियो । काठमाडौं–भैरहवा बीचको हवाई उडान सञ्चालन नहुँदा भारतीय अभिनेता विवेक ओवराय र सुरेश ओवराय बुद्ध जन्मस्थल लुम्बिनी आउने योजना पनि प्रभावित भएको छ । बिहीबार उनीहरु दुवैले बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरको भ्रमण गर्ने योजना रहे पनि हुन नसकेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तियले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP