मंगलबार , बैसाख २९, २०८३

गोरखा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद राजेन्द्र बजगाईंले सांसद भएबापत पाउने तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका संकटमा परेका नागरिकको सेवाका लागि खर्च गर्ने घोषणा गरेका छन्।

प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार शपथ ग्रहणको क्रममा सांसद बजगाईंले आफ्नो तलब भत्ता दुर्गम भेगमा विपतमा परेकाहरूको सेवामा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ को विपदमा परेका पीडितहरूका लागि खर्च गर्ने घोषणा गर्दछु’, उनले शपथपछि आफ्नो फेसबुक तथा ट्वीटरमा लेखेका छन्।

उनको निर्वाचन क्षेत्रमा अहिलेसम्म सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिका तथा धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्ती विकट छन्।

त्यहाँका गम्भीर बिरामी तथा घाइते र सुत्केरी हुन नसकेकाहरूको हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यतामा छन्।
सो कार्यका लागि बजगाईंले लामो समयदेखि सेवा गर्दै आएका थिए।

‘आज मैले सांसदको सपथ लिइरहँदा गोरखा १ को भूगोल सम्झिएँ। त्यहाँका जनताका दुख सम्झिएँ। त्यसैले सांसदका लागि आउने पारिश्रमिक मैले गोरखा १ मा विपदमा परेकाहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छु’, उनले भनेका छन्।

उनले मतदाता धन्यवाद अभियानअन्तर्गत हालै गोरखा १ मा पर्ने ५६ वडाका घाइते, बिरामी तथा सुत्केरी उद्धारका लागि एक–एक वटा स्टेचरसमेत हस्तान्तरण गरेका थिए।

सांसद बजगाईंले आफू गोरखा १ का गरिब र भौगोलिक रूपमा विकट क्षेत्रका बासिन्दाको सहयोगका लागि जनप्रतिनिधि बन्न सफल भएको कहिल्यै नबिर्सिने पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP