मंगलबार , बैसाख २९, २०८३

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका हुन्।

 

ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार शपथ लिएपछि आज अन्य सांसदहरुलाई शपथ खुवाएका हुन्।

तस्बिर : अशोक दुलाल

शपथ समारोहमा  अधिकांश सांसदहरुले राष्ट्रिय पोशाक लगाएका थिए भने कतिपयले आफ्नो सांस्कृतिक पहिचान झल्काउने पोशाकमा सजिएका थिए। १४ सांसदले मातृभाषामा शपथ लिएका हुन्।

प्रतिनिधिसभाको निर्वाचन भएको ३३ दिनपछि सांसदले बिहीबार शपथ लिएका हुन्।

प्रतिनिधिसभामा २७५ जना सांसद छन्।

 

शपथपछि सांसदहरुलाई सांसदको लोगो वितरण गरिएको थियो।

संसद बैठकबाट सभामुख चयन नभएको अवस्थामा सांसदमध्येका ज्येष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ।  अब राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान भएपछि तोकिएको समयमा बैठक बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP