सोमबार , बैसाख ८, २०८२

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा आयोजित समारोहमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाएका हुन्।

 

ज्येष्ठ सदस्य जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार शपथ लिएपछि आज अन्य सांसदहरुलाई शपथ खुवाएका हुन्।

तस्बिर : अशोक दुलाल

शपथ समारोहमा  अधिकांश सांसदहरुले राष्ट्रिय पोशाक लगाएका थिए भने कतिपयले आफ्नो सांस्कृतिक पहिचान झल्काउने पोशाकमा सजिएका थिए। १४ सांसदले मातृभाषामा शपथ लिएका हुन्।

प्रतिनिधिसभाको निर्वाचन भएको ३३ दिनपछि सांसदले बिहीबार शपथ लिएका हुन्।

प्रतिनिधिसभामा २७५ जना सांसद छन्।

 

शपथपछि सांसदहरुलाई सांसदको लोगो वितरण गरिएको थियो।

संसद बैठकबाट सभामुख चयन नभएको अवस्थामा सांसदमध्येका ज्येष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ।  अब राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान भएपछि तोकिएको समयमा बैठक बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP