
बैतडीको पाटनमा पुस २ मा शिक्षक धनबहादुर विष्ट मृत भेटिए । सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कृष्ण माविमा अध्ययनरत विमला बोहोरा र प्रजा बोहोरा छन् । आरोपीहरु श्रीमान–श्रीमती हुन् । पुर्चौडी नगरपालिका घर भएकी विमला बोहोरा कृष्ण माविको छात्रावासमा बसेर पढ्थिन् ।सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कृष्ण माविमा अध्ययनरत विमला बोहोरा र प्रजा बोहोरा छन् । आरोपीहरु श्रीमान–श्रीमती हुन् । पुर्चौडी नगरपालिका घर भएकी विमला बोहोरा कृष्ण माविको छात्रावासमा बसेर पढ्थिन् ।
घटनाबारे जानकारी दिन जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दैछ । छात्रावासको माथिल्लो तलामा बस्ने शिक्षक विष्ट छात्रावास पछाडि मृत भेटिएका हुन् । मृतकका परिवारले शव बुझेका छैनन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।