मंगलबार , बैसाख २९, २०८३

अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४ औैं पोखरा सडक महोत्सव हुने भएको छ।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले विगतका वर्षहरूको जस्तै यो वर्ष पनि पोखराको पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागेको हो।

पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले  आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रूपमा पर्यटन प्रवर्द्धन उद्देश्यले पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको बताए।

उनले ‘सडकमा नै खाऔं सडकमा नै रमाऔं’ भन्ने उद्देश्यले महोत्सव हरेक वर्ष भइरहेको बताए।

अध्यक्ष भट्टराईले पोखरा सडक महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस र पोखराका प्रमुख गन्तव्य सहितको डकुमेन्ट्री प्रदर्शन गर्ने बताए।

उनले पोखरा सडक महोत्सव पाँच दिनसम्म हुने बताए।

उनले पोखरा सडक महोत्सवले कोरोना महामारीको कारण सिथिल बनेको पर्यटन क्षेत्र अब पर्यटनमैत्री बन्ने विश्वास रहेको बताए।

उनले महोत्सवले पोखरा लेकसाइडको मात्रै नभएर समग्र पोखराको पर्यटन प्रवर्द्धन हुने बताए।

त्यस्तै, रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) का केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समय देखिएको व्यापारी मन्दीलाई महोत्सवले सहयोग पुर्‍याउने बताए। उनले सडक महोत्सवले स्थानीय उत्पादनलाई बजार प्रवर्द्धन गर्ने बताए।

उनले व्यापार र पर्यटन प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्न जरूरी रहेको बताए।

उनले हरेक क्षेत्रमा निजी क्षेत्र अगाडि आएको देश नै विकसित हुने भन्दै यस्ता सडक महोत्सव नेपालका सबै स्थानमा गर्न सरकारले सहयोग गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP