शनिबार , असार १३, २०८३

पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ। निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा.सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ ।

झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग छलफलपछि जनकपुर भ्रमण तय भएको हो । जनकपुरमा उनी होटल सोल्टीमा बस्ने कार्यक्रम रहेको छ ।

स्रोतले भन्यो ‘अहिलेसम्म जनकपुरको भ्रमण तय भएको छ । त्यसपछि के के कार्यक्रम तय हुन्छ जानकारी छैन । जनकपुरमा राम जानकी मन्दिर दर्शन गरी विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । त्यहाँ केही भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।’

चार दिनको जनकपुर बसाइपछि पूर्व राजपरिवार पुस १० गते चितवन जाने कार्यक्रम रहेको छ । चितवनमा ‘क्रिसमस डे’ मनाउने गरी सपरिवार सहभागी हुने कार्यक्रम रहेको छ । चितवनमा पूर्व युवराज्ञी हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाती हृदयन्द्रलगायत आफन्त भेला हुने कार्यक्रम तय भएको छ ।

चितवनपछि उनीहरूको सिमरा भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । सिमरापछि काठमाडौं फर्कने वा फेरि झापामै अंग्रेजी नयाँ वर्ष मनाउने भन्ने विषयमा केही दिनमा निर्णय हुने स्रोतको भनाइ छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP