मंगलबार , बैसाख २९, २०८३

उत्तरकोरियाले जापानविरुद्ध कडा सैन्य कदम चाल्ने चेतावनी दिएको छ। जापानले आफ्नो राष्ट्रिय सुरक्षा रणनीति घोषणा गरेको चारदिनपछि प्योङयाङबाट यस्तो चेतावनी आएको हो।

जापानको सुरक्षा रणनीतिले आफ्नो सैन्य क्षमता तथा प्रतिआक्रमणलाई विफल बनाउन नीतिलाईं उच्च महत्व दिएको छ भने चीन र उत्तरकोरियाविरुद्ध थप आक्रामक बन्ने लक्ष्य लिएको छ।

उत्तरकोरियाली विदेशमन्त्रालयले राष्ट्रिय सुरक्षा रणनीतिमार्फत जापानले आत्मरक्षाका निम्ति नभई अन्य देशमा हमला गर्न आफ्नो सैन्य शक्ति विस्तार गरेको टिप्पणी गरेको छ। मन्त्रालयका अज्ञात प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अमेरिकाले जापानको सैन्य महत्वाकाङ्क्षा बढाएर कोरियाली प्रायद्वीपको शान्तिलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाइएको छ।

उत्तरकोरियामाथि आक्रमण गर्ने अमेरिकी प्रयासलाई विफल तुल्याउन नयाँ रणनीतिक हतियार विकास गर्न आफूलाई बाध्य पारिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘जापानको रणनीतिका कारण उत्पन्न भएको क्षेत्रीय सुरक्षाको जटिलतालाई दृष्टिगत गरी आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न दृढ एवम् निर्णायक सैन्य कदम चाल्न उत्तरकोरिया तयार छ,’ विज्ञप्तिमा भनिएको छ।

सन् १९१० देखि १९४५ सम्म जापानको उपनिवेश रहेको कोरियाली प्रायद्वीपमाप जापानविरोधी भावना अद्यापि कायम छ। विशेष गरी उत्तरकोरियाले जापानको कठोर शब्दमा आलोचना गर्दै आएको छ। जापानका कारण आफ्नो देशले अकल्पनीय पीडा झेल्नुपरेको प्योङयाङको ठम्म्याइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP