आइतबार , मंग्सिर १४, २०८३

मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ। माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ जना, पुणेबाट चार जना, सिमलाबाट दुई जना, हल्दानीबाट दुई जना, मुम्बईबाट दुई जना, हरियाणाबाट एक जना, चण्डीगढबाट दुई जना, बैङ्गलोरबाट दुई जना र अयोध्याबाट एक जनाको उद्धार गरिएको छ।

दुई सय ५ जनाको खोजतलासका लागि माइती नेपालमा निवेदन परेको थियो। जसमध्ये ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ।

त्यसैगरी गड्डाचौकी नाकाबाट ८८ जना र झोलुङ्गे पुलबाट ६८ जनाको उद्धार गरिएको छ। जसमा ७५ जना १८ वर्ष मुनिका बालबालिका छन्। सीमा नाकाबाट परामर्श गरी ४९ जनालाई घर फर्काइएको छ।

उद्धार गरिएकामध्ये दुई वटामात्रै मानव बेचबिखनमा मुद्दा दर्ता भएको संयोजक भट्टले बताइन्। उनले मानव बेचबिखनमा संलग्न व्यक्तिमाथि कारवाही हुन नसक्दा बेचबिखनका घटना बढ्दै गएको बताए।

पछिल्लो समय दलालले वैकल्पिक मार्ग अपनाउन थालेकाले पनि मानव बेचबिखनका घटना बढ्दै गएको उनको भनाइ छ। बेचबिखनमा पर्ने बढीजसो दलित समुदायका र घरायसी आर्थिक अवस्था कमजोर भएका समुदायबाट रहेको उनले जानकारी दिए।

यसवर्ष माइती नेपालले मानव बेचबिखनविरुद्ध दुई वटा मुद्दा दर्ता गरेको छ भने गत वर्ष एउटा मात्रै मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP