शनिबार , भाद्र १३, २०८३

साताको पहिरो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले ओरालो लागेर ३६२.८२ विन्दुमा पुगेको हो।

यसदिन कारोबारमा आएका १३ समूहको सूचक नकारात्मक देखिएका छन्। फाइनान्स समूहको सूचक सर्वाधिक २.८८ प्रतिशतले घटेको छ।

यसैगरी डेभलपमेन्ट बैंकको २.०६ र हाइड्रोपावर २.०४ प्रतशतले सूचक घटेको हो।

बैंकिङ र माइक्रो फाइनान्स १ प्रतिशत बढिले सूचक घट्दा होटल्स एन्ड टुरिजम,इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स,मनु ए्ड प्रो, म्युचुअल र नन लाइफ इन्स्योरेन्सको सूचक ०.९४ प्रतिशतसम्म घटयो।

आइतबार २५० कम्पनिको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर १ अर्ब १५ करोड ७१ लाख ५५ लाख ९९ रुपैयाँको सेयर कारोबार भयो।

इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढ्यो भने ग्लोबल आइएमइ ब्यालेन्सको सूचक ९.५५ प्रतिशतले बढेको हो।

यसदिन कारोबार रकमका आधारमा एग्रिकल्चर डेभलपमेन्ट बैंक शीर्षस्थानमा रहयो।

सो बैंकको ६ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP