शनिबार , भाद्र १३, २०८३

केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा.लिले छिट्टै नयाँ विद्युतीय ब्रान्ड नेपालमा भित्र्याउने भएको छ। कम्पनीले चीनमा निर्मित ‘सुन्रा’ ब्रान्डका दुई वटा विद्युतीय स्कुटर नेपालमा भित्र्याउने भएको हो।

कम्पनीले सुन्राको विद्युतीय हक र रोबो एस मोडल सार्वजनिक गर्ने जनाएको छ। यी स्कुटरहरूमा सुन्रा कै मोटर जडित छन्।

रोबो एसमा जडित मोटरले ३ हजार किलोवाटको पावर र हकमा जडित मोटरले १८०० किलोवाट पावर दिने बताइएको छ।

रोबो एस कम्पनीको हाइ-स्पीड सेग्मेन्टको स्कुटर हो। यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको हुनेछ। यसले एक पटकको पूरा चार्जमा १३५ किलोमिटरको रेन्ज दिने अनुमान छ।

त्यस्तै हक भने कम्पनीको मोपेड सेगमेन्टअन्तर्गत पर्छ। यो लिथियम ब्याट्री प्याक विकल्पमा उपलब्ध हुनेछ। यसको टप स्पीड ४५ किलोमिटर प्रति घण्टाको हुनेछ भने एक पटकको पूरा चार्जमा ६५ किलोमिटर देखि १३० किलोमिटरसम्मको रेन्ज दिने ब्याट्री विकल्पमा उपलब्ध हुनेछ।

कम्पनीका सेल्स एन्ड मार्केटिङ प्रमुख विवेक सिंहका अनुसार सुन्ना ब्रान्डको स्कुटर नेपालमा सन् २०२३ को फेब्रुअरीमा सार्वजनिक गरिने अपेक्षा छ।

यी मोडलहरूको बजार मूल्य यकिन रूपमा नतोकिएपनि दुई लाख ४० हजार रूपैयाँदेखि तीन लाख ८० हजार रूपैयाँ पर्ने अनुमान छ।

हाल केटिएम इन्टरनेशनल ट्रेडिङले बेनेलीका बाइक तथा स्कुटरको बिक्री एवम् वितरण गर्दैछ। कम्पनीका अनुसार बेनेलीको १८० एस र ३०२ एस बाइक सबैभन्दा रुचाइएको मोडल हो।

त्यसैगरी कम्पनीको पानारिया-१२५ स्कुटरले पनि राम्रो बजार पाएको छ। यसको बजार मूल्य भने हाल ३ लाख ३४ हजार नौ सय रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP