शनिबार , भाद्र १३, २०८३

धारिलो हतियार प्रहार गरी एक भारतीय नागरिकको हत्या आरोपमा बुटवलबाट सात जना पक्राउ परेका छन् । २९ वर्षीय कृष्ण सिजाली मगरलगायत सात जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बुटवल उपमहानगरपालिका–९ बस्ने भारत घर भएका ५५ वर्षीय अजय सोनीको धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बुटवल उपमहानगरपालिका–८ राजमार्ग चौराहमा मागी खाई हिँड्ने ठेगाना नखुलेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो ठेलामा रहेको बदाम र चकलेट उनीहरूले चोरी गरी लगेको भन्दै सामान फिर्ता माग्न जाँदा अजयलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने सूचनाका आधारमा प्रहरीले घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल पठाएको थियो । घाइतेको उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP