
चीनमा शनिबार र आइतबार चिसो बढ्ने देखिएको छ।
चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार शनिबारदेखि आइतबारसम्म दक्षिणी चीनका केही भूभागमा तापक्रम ६ देखि ८ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ।
चिनियाँ मौसम विज्ञान प्राधिकरणले शनिबार नयाँ चेतावनी जारी गरेको छ। केन्द्रले यसका लागि नीलो संकेत दिएको छ। यो कम न्यून मौसमको संकेत जनाउँछ।
केन्द्रका अनुसार युनान र फुजियानका केही भागहरूमा तापमान १० डिग्री सेल्सियसभन्दा बढीले घटेको देखिन्छ।
चीनसँग चारवटा रंग कोड गरिएको मौसम चेतावनी प्रणाली छ। जसमा रातो, सुन्तला, पहेंलो र निलो रंग राखिएका छन्। रातोले सबैभन्दा गम्भीर मौसम जनाउँछ।