
बामाको : संयुक्त राष्ट्रसंघले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसंघीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ।
‘अज्ञात बन्दुकधारीहरूले टिम्बक्टु सहरमा संयुक्त राष्ट्रसंघको प्रहरी गस्तीमा गोली चलाएको छ,’ मालीमा संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसनले विज्ञप्ति जारी गर्दै उल्लैक गरेको छ।
प्रहरीले आक्रमणकारीहरूबाट ‘केही सामग्री’ बरामद गरिएको पनि बताएको छ। मिसनका प्रमुख एल-घासिम वानेले घटनाको निन्दा गर्दैयस जघन्य कार्यबाट राष्ट्रसंघ स्तब्ध भएको टिप्पणी गरेका छन्।
उनले प्रतिकूल वातावरणको बाबजुद पनि संयुक्त राष्ट्रसंघको शान्ति मिशनले आफ्नो जनादेश पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन्।
सन् २०१२ देखि, माली सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुपक्षीय संकटमा फसेको छ। स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तरसाम्प्रदायिक हिंसाले पश्चिम अफ्रिकी राष्ट्रमा हजारौंको ज्यान लिएको छ भने सयौं हजारौं विस्थापित भएका छन्।