मंगलबार , बैसाख २९, २०८३

धनगढी । कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समिर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो ।

लागूऔषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP