शनिबार , मंग्सिर १३, २०८३

बुटवल। रुपन्देही जिल्ला पावरलिफिटङ्ग संघले रुपन्देही जिल्ला स्तरिय पावरलिफिटङ प्रतियोगिता, नवौ राष्ट्रिय प्रतियोगिता तथा दोस्रो स्व. रुप कार्की स्मृति राष्ट्रिय पावरलिफिटङ प्रतियोगितामा पदक विजेता रुपन्देहीका खेलाडीहरुलाई सम्मान गरेको छ । रुपन्देही खेलकुद बिकास परिषद कार्यालय परिसरमा शुक्रबार आयोजना भएको कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, रुपन्देही शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, शारीरिक सुगठनका राष्ट्रिय तथा अन्तरराष्ट्रिय निर्णायक एवम् शारीरिक सुगठनका प्रशिक्षक केशव बहादुर शाक्यले सम्मानपत्र, कप र पिन्टोला नेपालको सौजन्यबाट प्राप्त पिनट बटरबाट सम्मान गरेका थिए । रुपन्देही शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले शारिरिक सुगठनको विकासमा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए । पावरलिफिटङ संघ छोटोसमयमा रुपन्देहीमा राष्ट्रियस्तरकै खेलाडी उत्पादन गर्न सफल भएको उनले बताए । रुपन्देहीबाट प्रतिनिधित्ब गरि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठन बिधामा बिजेन्द्रमान श्रेष्ठ, बिष्णु निशाद र सुनिल आलेले पदक जितेका थिए ।

यसैगरि रुपन्देही जिल्ला स्तरिय पावरलिफिटङ प्रतियोगितामा ओभरअल क्याटोगरीमा महिलातर्फ मंजिता राजभण्डारी एवं पुरुषतर्फ बलराम डुम्रे प्रथम भएका थिए । यसैगरि दोस्रो स्व.रुप कार्की स्मृति राष्ट्रिय पावरलिफिटङ प्रतियोगितामा खेलाडीहरु धन कला कार्कि, दिपक श्रेष्ठ र चन्द्रमान श्रेष्ठले पदक जितेका थिए ।

कार्यक्रममा पत्रकारीता क्षेत्रबाट खेलकुद क्षेत्रको विकासमा योगदान गरेवापत पत्रकारद्वय नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा बुटवल एफएमका भवानी प्रसाद पाण्डे र कान्तिपुर टेलिभिजन तथा बुटबलटुडेका स्वस्तिक श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले खेल र खेलाडीको विकासमा नीजि क्षेत्रको योगदान रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डेले पावरलिफिटङ खेलाडीहरुको हौसला बढाउने गरि सम्मान कार्यक्रम भएको बताए । खेलाडीहरु एकतावद्ध भएर संस्थागत पहल गरेमात्र सरकारबाट आवश्यक सहयोग मिल्ने बताए । खेलाडीहरुको भविष्यप्रति समेत सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा संघका अध्यक्ष चन्द्रमान श्रेष्ठले संस्थागत रुपमा खेलाडीहरु अगाडी ल्याउने काममा आफु लागेको बताए । वर्षभरि नै पुर्वाधार विकास, खेलकुद गतिविधिका साथै अन्य सामाजिक कार्यमा समेत संघको भुमिका रहने उनले बताए । संघका सचिव सरोजसिह क्षेत्रीले शारीरिक सुगठनको एउटा पाटोको रुपमा पावरलिफटीङ खेल विकास भैरहेको भन्दै यसमा धेरै सम्भावना रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

५

चाडपर्व र बाढीपहिरोको असर हेरी इन्धनको मूल्य यथावत्, निगमलाई १५ दिनमा ३ अर्ब २० करोडभन्दा बढी घाटा

६


TOP