मंगलबार , बैसाख ९, २०८२

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जुम्लाको खलंगामा ठूलो सम्मान गरिएको छ । जुम्लाको नागरिक अभिनन्दनमा सहभागी भएका पूर्वराजा आज भने नेपालगञ्ज फर्किएका छन् । जुम्लामा पूर्वराजालाई स्वागत गर्न हजारौंको संख्यामा नागरिकहरुको उपस्थिति थियो ।

पूर्वराजा शाहले आफ्नो देश दौडाहालाई तिव्रता दिएका छन् । यसले राजावादीहरु उत्साही छन् । मधेशमापनि ज्ञानेन्द्रको पक्षमा ठूलो जनलहर देखिएको थियो । जुम्लाको कार्यक्रमपछि राजावादीहरुले अब देशमा नवीन समझदारीको खाँचो औंल्याएका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जुम्लामा सहभागी भएका पूर्वराजाको तस्विर सार्वजनिक गर्दै सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौतामा देशलाई लैजानुपर्ने धारणा राखेका छन् । उनले फेशबुकमा लेखेका छन्–‘जुम्लामा मात्र होइन, देशैभरी यस्तै अवस्था हुँदा पनि अब राजा ज्ञानेन्द्रले उल्लेख गरेजस्तो “सर्वपक्षीय नयाँ सम्मेलन र ३नयाँसम्झौता“मा देशलाई नलैजाने हो भने, बुझे हुन्छ –– यस देशलाई साँच्चिकै दशा लागेको छ। विचारभन्दामाथिदेश, देशकालागिनरेश।’

राप्रपाकी प्रभावशाली महिला नेतृ खुश्बु ओलीले पनि पूर्वराजाको जुम्लाको कार्यक्रमपछि संवैधानिक राजसंस्था र संसदीय प्रजातन्त्रको अब्बल समन्वय आजको आवश्यकता भनेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP