सोमबार , भाद्र १५, २०८३

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज अधिकराी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारी एक वर्षको अवधिमा दोस्रोपटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । उनी यसअघि २५ पुस २०७९ देखि १४ वैशाख २०८० सम्म मुख्यमन्त्री थिए । त्यतिबेला उनी एमाले, माओवादी केन्द्र, राप्रपा र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । पछि राजनीतिक घटनाक्रमले माओवादी कांग्रेससँग मिल्दा अधिकारीको सरकार ढलेको थियो ।

अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । कांग्रेसले भने सभामुखसहित पेस गरेको दाबी असंवैधानिक रहेको भन्दै मुख्यमन्त्री नियुक्त नगर्न आग्रह गरेको थियो ।

तर, प्रदेश प्रमुखले अधिकारीलाई कांग्रेसको विरोधका बावजुद मुख्यमन्त्री नियुक्त गरेका हुन् । सभामुखसमेत गणना भएकाले यो विषय सर्वोच्च अदालत पुग्ने सम्भावना बढेको छ । यसअघि कोशी प्रदेशमा पनि यस्तै सभामुखको हस्ताक्षर प्रयोग भएपछि सर्वोच्चले त्यसलाई बदर गरिदिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP