मंगलबार , बैसाख ९, २०८२

१५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् ।

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलका १२ जना र स्वतन्त्र ८ गरी २० जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराएका छन् ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनबाट निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको २५ भदौको राति निधन भएपछि खाली रहेको प्रतिनिधिसभा सदस्य पदमा चुनाव हुन लागेको हो ।

एमालेले सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । उनलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले समर्थन गरेको छ । कांग्रेस उम्मेदवार डम्बर खड्का ४ मंसिर २०७९ को चुनावमा सुवास नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका लिम्बु माओवादी निकट पत्रकार हुन् र उनी चुनावको केही दिनअघि मात्र रास्वपाको उम्मेदवार चयन भएका थिए ।

इलाम २ मा पहिचान पक्षधर विभिन्न ४१ राजनीतिक शक्ति र संघसंस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बु थेगिम उम्मेदवार बनेका छन् । उनलाई जनता समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

त्यस्तै राप्रपा नेपालका गणेशबहादुर चौकान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले पनि मनोनयन दर्ता गराएका छन् ।

अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, डाकप्रसाद गौतम, दिपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । इलाम-२ को उपनिर्वाचनमा सबै प्रतिस्पर्धी पुरुष रहेका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार २५ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ गते उजुरीउपर जाँचबुझ गर्ने, २७ गते उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्तालिका छ । २७ चैतमै उम्मेदवारहरुले चुनाव चिह्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP