शनिबार , असार १३, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई नयाँ उद्योगधन्दा खोलेर देखाउन सरकारलाई चुनौति दिएका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले बेला–बेलामा कांग्रेसले उद्योगधन्दा बेचेर खाएको आरोप लगाउने गरेको भन्दै कम्युनिष्टहरुको सरकार रहेको बेलामा नयाँ उद्योग खोलेर देखाउन चुनौति दिएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने,‘एउटा कम्युष्टि पार्टीका नेता, पूर्व प्रधानमन्त्रीले बेला–बेला कांग्रेसले उद्योग धन्दा बेचेर खायो भनिदिनुहुन्छ । अहिले कम्युनिष्ट पार्टीको सरकार छ । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ । अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी शर्मा ओली हुनुहुन्छ । अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ । सब कम्युनिष्ट पार्टीको सरकार छ हैन ? कांग्रेसले पटक–पटक उद्योगधन्दा बेचेर खाएको आरोप लगाएको होईन । यसपाली बजेट तपाईहरुले बनाउने हैन ? कांग्रेसले बेचेर खाएको हुनाले तपाईँले खोल्नुस् ।’

कम्युनिष्ट सरकार हुँदा पनि कुनै उद्योगधन्दा नखुल्ने उनको दाबी छ । राज्यको काम चुरोट बनाउने, रक्सी बनाउने, जुत्ता, कपडा बनाउने होईन भन्ने कुरा थाहा पाएर पनि कम्युनिष्ट नेताहरुले कांग्रेसलाई बेलाबेला आरोप लगाउने गरेको उनले बताए । अहिलेमात्रै नभएर पञ्चायतमै सूर्यबहादुर थापाले सरकारले सञ्चालन गरेका उद्योगहरुको औचित्यतामाथि प्रश्न उठाउँदै सेतो हात्तीको संज्ञा दिएको उनले स्मरण गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP