मंगलबार , बैसाख ९, २०८२

काठमाडाैं । चर्चित क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदर माग गर्दै दायर गरेको रिटमा उच्च अदालत पाटन झगडिया झिकाउन आदेश दिएको छ। उच्च अदालत, पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश भएको हो।

पुनरावेदन गरिएको कुनै मुद्दामा अर्को पक्षलाई सूचना दिएर बोलाउने प्रक्रियालाई झगडिया झिकाउनु भनिन्छ।उच्च अदालत पाटन प्रशासनका अनुसार मुद्दाका दुवै पक्षलाई झिकाउने आदेशसँगै वैशाख ३ गतेलाई अर्को पेसी तोकिएको छ।गौशाला २६ सांकेतिक नाम दिइएकी एक युवतीले जाहेरी दिएपछि जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सन्दीप दोषी ठहर भएका थिए।

त्यसपछि सन्दीपले जिल्लाको फैसलाविरुद्ध उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए।जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो। उनले उक्त फैसला बदरको माग गरेका छन्।पीडित युवती गौशाला २६ का तर्फबाट पनि सरकारी वकिलले सन्दीपलाई काठमाडौं जिल्ला अदालतले तोकेको सजाय कम भएको भन्दै पुनरावेदन गरेकी छन्।

गौशाला २६ लाई काठमाडौं जिल्ला अदालतले १८ वर्ष पूरा भएर बालिग भएको फैसला दिएको थियो। तर उनी नाबालिग नै रहेको दाबी गर्दै उच्चमा पुनरावेदन गरिएको हो। उक्त निवेदनमा पनि शुक्रबार नै छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP