बुधबार , असार ४, २०८२

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि निश्कर्षविहीन बनेको छ । आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा बसेको पदाधिकारी बैठक निश्कर्षविहीन बनेको हो ।

कांग्रेसलाई उपनिर्वाचको उम्मेदवार टुंङ्ग्याउन सकस भएको छ । आजको बैठकमा छलफ भएको र कुनै निर्णयमा पुग्न नसकिएको पार्टी प्रवक्ता रामशरण महतले बताए । ‘भोलि फेरि बसेर निर्णय गर्ने कुरा भयो । भोलि ४ बजे बस्ने निर्णय भएको छ । आज चाहीँ छलफलमात्रै भयो,’– प्रवक्ता महतले भने ।

इलाम–२ का लागि उम्मेदवार चयन कांग्रेसका लागि थप पेचिलो बनेको छ । इलाम–२ बाट उम्मेदवारको आकांक्षी डम्बर खड्का, भेषराज आचार्य र नगेन्द्र कुमाल रहेका छन् । संस्थापनइत्तर पक्षले भेषराजको पक्षमा लविङ गरिरहेको छ भने सभापति शेरबहादुर देउवा खड्कालाई नै उम्मेदवार बनाउन चाहन्छन् ।

यसरी दुवै पक्षले आफ्नो अडान नछाड्दा मध्यमार्गी उम्मेदवार कुमाल हुनसक्ने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP